डेंगीबाट बच्ने सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो—लामखुट्टे हुर्कने ठाउँ बन्न नदिनु।
समुदायमा डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले घर–घरमा पुगेर पानी जम्न सक्ने भाँडा, ट्यांकी तथा अन्य सम्भावित स्थानहरूको निरीक्षण गर्दै लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।
आफ्नै घर र वरपर पनि हप्तामा कम्तीमा एकपटक पानी जम्ने ठाउँ जाँच गरौँ, पानी जम्मा हुन नदिऔँ र प्रयोगमा नआउने भाँडाहरू खाली वा छोपेर राखौँ।
डेंगी नियन्त्रण स्वास्थ्य संस्थाको मात्र जिम्मेवारी होइन—समुदायको सक्रिय सहभागिता आवश्यक छ।
सचेत बनौँ, पानी जम्न नदिऔँ, डेंगीबाट बचौँ।